शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

 

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

मंगलबार बिहान राना आफ्नै घरको छडमा पास भएको करेन्ट लागेर २ तला माथिबाट खसेर घाइते भएका थिए । घाइते भएका रानाको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend