logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचार रोक्न सम्भव छः अध्यक्ष दाहाल

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचार रोक्न सम्भव छः अध्यक्ष दाहाल

    8.3K
    Shares
    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचार रोक्न सम्भव छः अध्यक्ष दाहाल

     

    धनगडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका काकरण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे । उनले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने बताए ।

    उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन । त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने की भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने की भन्नेकुरा फिर्ता हुन्छ ।’

    अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गरे । उनले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए । उनले देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाए । गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे ।

    उनले भने, ‘५ वर्षमा जति काम हुनुपर्दथ्यो, त्यो नभएकै हो । जनतामा जे जति राहत दिनुपर्ने हो, त्यो नभएको नै हो । हामीले निकै ठूलो सपना देखेका थियौँ । वामपन्थी गठबन्धन गरेपछि, पार्टी कम्युनिष्टहरुको एकता गरेपछि देशमा राजनीतिक स्थिरता होला, शिक्षा, स्वास्थ्य, राजनीतिमा धेरै विकास गर्न सकिएला भनेर मैले नै पहल गरेर वाम एकता गरेको हो । तर हामीले नै प्रश्तावित गरेको प्रधानमन्त्रीबाट हामीले घोषणापत्रमा भनेको जस्तै सबै उल्लंघन गरेर जाँदा बाध्य भएर संघर्षमा उत्रियौँ । राजनीतिक स्थिरताको देशमा आवश्यक्ता छ । हाम्रो जोड यो निर्वाचनपछि बन्ने सरकारले त्यो काम गर्ने वातावरण बनोस् भन्ने चाहना छ । अहिले सफलतापूर्वक निर्वाचन सम्पन्न हुन जनताको विजय हो । गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन समापन भएपछि नेपालबाट करिव टरेर जान्छ ।’

    अध्यक्ष दाहालले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली काँग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको बताए । उनले नेकपा माओवादी ६०, एकीकृत समाजवादी २५, जनता समाजवादी पार्टी ले २५ सिटको आसपासमा सिट पाउने गरी गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने बताए ।

    उनले भने, ‘नेपाली काँग्रेसले पहिला १०० भनेको थियो, अहिले ८० आसपासमा मिल्ने लगभग छ, माओवादीले ६० भनेको त्यही आसपासमा हुन्छ, त्यस्तै समाजवादीले २५, जनता समाजवादीले पनि २५ को वरिपरि दाबी छ । यसैलाई आधार बनाएर क्षेत्र र प्रदेशसम्म टुंग्याउने छलफल भइरहेको छ । सुझाव दिने र नमिलेको सिट शीर्ष तहमा बसेर टुंग्याउनेमा लागिएको छ । हाम्रो निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकुल छैन । सामान्य जनताले निर्वाचन लड्नसक्ने निर्वाचन प्रणाली हुने छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ । त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ । यो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनता र राष्ट्रको हीतमा छैन भन्ने सबैलाई लाग्न थालिसकेको छ ।’

    फरक प्रसंगमा अध्यक्ष दाहालले निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकुल नरहेको दाबी गरे । उनले यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गर्दै निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताए । उनले यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने ठोकुवा गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend