logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसदको आयु लम्ब्याउनेतर्फ जान नहुनेमा प्रचण्डको जोड

    संसदको आयु लम्ब्याउनेतर्फ जान नहुनेमा प्रचण्डको जोड

    12K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका कारण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे ।

    उनले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने जिकिर गरे । अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गरे । उनले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए । उनले देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।

    गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे । अध्यक्ष दाहालले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली कांग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको बताए । उनले नेकपा माओवादी ६०, एकीकृत समाजवादी २५, जनता समाजवादी पार्टी ले २५ सिटको आसपासमा सिट पाउने गरी गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend