शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

अव्यवस्थित रुपमा रहेको सवारी साधनको व्यवस्थापन गर्न आवश्यक छः नन्दा चपाईँ

अव्यवस्थित रुपमा रहेको सवारी साधनको व्यवस्थापन गर्न आवश्यक छः नन्दा चपाईँ

काठमाडौं । राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरु अव्यवस्थित रुपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताएकी छन् । उनले यसका निम्ति आवश्यक कानून निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराईन् ।

उनले भनिन् – ‘अव्यवस्थित अवस्थामा रहेका सवारी साधनहरुको व्यवस्थापन गर्न अत्यन्त आवश्यक देखिएको छ । काठमाडौं उपत्यकामा सवारी साधनहरु अव्यवस्थित रहेको देखिन्छ । यस विषयमा दिगो विकास तथा सुशासन समितिले उपसमिति गठन गरी पाँचवटा बैठक बसेको र समस्याको बारेमा गम्भिर छलफल गरी अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापन गर्नको लागि कानूनको अभाव रहेको निस्कर्ष निकाल्दै नेपाल सरकारलाई अनुरोध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend