शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित 

गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित 

 

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए ।

उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनु पर्ने थियो ।

बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend