बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भाग टुंगिइसकेपछि मात्रै काँग्रेसले आगामी निर्वाचनमा उम्मेदवार चयन गर्छः बालकृष्ण खाँण

भाग टुंगिइसकेपछि मात्रै काँग्रेसले आगामी निर्वाचनमा उम्मेदवार चयन गर्छः बालकृष्ण खाँण

 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली काँग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।

उनले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाँणले नेपाली काँग्रेसको निर्वाचन क्षेत्रिय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरु सिफारिस भने गरिरहेका बताए ।

उनले भने– ‘निर्वाचनमा दलहरुको बीचमा गठबन्धनमा छौँ । पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ । र गठबन्धनको पनि कार्यदल बनेको छ । कार्यदल छलफलमा नै छ । छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधि सभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend