logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    एनआईसी बैंकद्धारा ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडिओ सन्देश सार्वजनिक

    एनआईसी बैंकद्धारा ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडिओ सन्देश सार्वजनिक

    3.8K
    Shares
    एनआईसी बैंकद्धारा ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडिओ सन्देश सार्वजनिक

    काठमाडौं । एनआईसी एसिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ। बैंकले भिडिओ मार्फत दृढ अठोट र इच्छा शक्तिको साथ अहोरात्र अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ।

    साथै, अधिकतम् बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश छ । बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिहरुलाई मनन गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ।

    बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
    देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

    बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend