logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

    कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

    5.4K
    Shares
    कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

    नयाँदिल्ली । भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ ।

    यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ । भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताएका छन् । उनले भनेका छन्– यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।

    भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्ट्रीको मङ्गलबार कार दुर्घटनामा परेर निधन भएको थियो । भारतको मुम्बइमा उनको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियमको घोषणा गरेको हो । कार दुर्घटनाका क्रममा उनि आफ्नो कारको चालकसँगैको सिटमा बसेका थिए । तर उनले सिट बेल्ट भने बाँधेका थिएनन् ।

    तर उनको पछि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend