logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ११.९७ अंकले गिरावट,कारोबार रकम ८२ करोडमा सिमित

    नेप्से परिसूचक ११.९७ अंकले गिरावट,कारोबार रकम ८२ करोडमा सिमित

    5.7K
    Shares
    नेप्से परिसूचक ११.९७ अंकले गिरावट,कारोबार रकम ८२ करोडमा सिमित

    काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधवार पनि घटेर कारोबार बन्द भएको छ । बुधवार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ ।

    बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । मंगलवार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    बुधवार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

    बुधवार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फण्डको इकाईमूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै,अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । यता,प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend