logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक

    चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक

    7.8K
    Shares
    चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक

    काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन् । पन्त फिल्म प्रोडक्सनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ । रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए । उनले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गरे । त्यस्तै अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताए । उनले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताए ।

    त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताए । उनले यो चलचित्र सफल भए युवा पिढीहरु नेपालमा नै बस्ने बताए । उनले चलचित्रमा समस्या मात्र नभइ समाधानलाई पनि देखाइएको बताए ।

    त्यस्तै निर्देशक साकार पन्तले दशैँको समयमा चलचित्र प्रदर्शनीमा ल्याउनुको काकरण लामो समयपछि परिवारहरुको भेटघाट हुने भएकोले यसलाई नै पायक बनाएर प्रदर्शनी गर्न लागेको बताए । अभिनेत्री रिमा विश्वकर्माले राम्रो चलचित्रमा अभिनय गर्ने रहर कलाकारहरुको लागि सधैँ रहने भन्दै धेरै कुरा सिक्नकाके लागि महत्वपूर्ण हुने विश्वासका साथ चलचित्र निर्माण गरेको बताए ।

    झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो । चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend