logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • यस्तो छ आज फलफूल र तरकारीको मूल्य

    यस्तो छ आज फलफूल र तरकारीको मूल्य

    6.3K
    Shares

    काठमाडौं । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ ।

    सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, लोकल काँक्रो र रायोको साग ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ र सुकेको खुर्सानी ४३० रुपैयाँ रहेको छ । लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ४२ रुपैयाँ ४० पैसा, लोकल गोलभेँडा ३७ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ५५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चिचिन्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा र टाटे सिमी १०५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ५५ रुपैयाँ, तोफु १०५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, तने बोडी, परवर र निबुवा ६५ रुपैयाँ, निउरो १०६ रुपैयाँ ६७ पैसा, पिँडालु ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र रायोको साग ७५ रुपैयाँ रहेको छ ।

    लप्सीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसनु २३६ रुपैयाँ, सुकेको नेपाली लसुन १५६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १४० रुपैयाँ, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ, हरियो धनिया ४७५ रुपैयाँ रुपैयाँ र डल्लो फर्सी ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend