बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

ताप्लेजुङमा योगेश भट्टराईसहित ५ जनाको नाम सिफारिस

ताप्लेजुङमा योगेश भट्टराईसहित ५ जनाको नाम सिफारिस

 

काठमाडौं । प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईसहित ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभातर्फ सचिव भट्टराई, पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्वोसहित पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङबुहाङ सिफारिस भएका छन्।

यस्तै प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान प्रदेश सांसद बलबहादुर साम्सोहाङ, अनन्तबहादुर साँवा, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, नर्वदा भण्डारी, सुनिता थापा, गोपाल न्यौपानेसहित ११ जना सिफारिस भएका छन्।
त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ गोपाल थोर्पा, मणिशंकर पोमु, चित्रगुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङवाङ सिफारिस भएका छन्।

प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र प्रदेशतर्फको समानुपातिकका लागि १८ जना सिफारिस भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend