logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • दसैँका लागि आजदेखि नयाँ नोट बजारमा

    दसैँका लागि आजदेखि नयाँ नोट बजारमा

    8.8K
    Shares
    दसैँका लागि आजदेखि नयाँ नोट बजारमा

    काठमाडौं । 

    नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो ।

    पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जानेछ ।

    सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् ।

    राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले भने ‘पैसा साट्ने सुविधा हो, कसले बढी र कसले घटी साट्यो भन्ने तथ्याङ्क राखिँदैन । एक पटकका लागि १८ हजार ५०० रुपैयाँको सटही सीमा तोकिएपनि सोही व्यक्तिले भोलिपल्ट वा अरु दिन आएर फेरि सोही परिणाममा पैसा सटही गर्न सक्छन् । यसमा कुनै रेकर्ड राखिँदैन’

    बैंकमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend