logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

    संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

    6.1K
    Shares
    संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

    काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।

    सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोत​ले बतायो ।

    अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend