बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

शोकमा डुब्यो बेलायत(फोटोफिचर)

शोकमा डुब्यो बेलायत(फोटोफिचर)

एजेन्सी । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको बिबिसीले जनाएको छ ।

बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend