काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।
उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने काममा गठबन्धन लागिरहेको पनि बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वतएमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।
उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने, आँच पु¥याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । मैले केही दिनअघि गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ । त्यो चुच्चे नक्शा छैन, चुच्चे नक्शा मेटेर बुच्चे नक्शा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने ? यस्ता कुराहरु जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने, कुरा के हो यो ?’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए । उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए । उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए । उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा र भत्र्सना गर्नुपर्ने बताए ।
उनले भने, ‘नागरिकता विधेयकको बारेमा अघि साथीहरुले भन्नुभयो । हामीले नागरिकता विधेयकसम्बन्धी कुराहरु गरिरहँदा हाम्रो अडान के हो भने आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ । तर अहिले के गरियो भने सीमा पारीबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो चिज उचित हुँदैन । संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्नेकुरा जुन किसिमले गरिएको छ, त्यसलाई बाटो खोलिएको छ, यो खेद जनक छ, राष्ट्रिय हीत विपरित छ । हाम्रो स्वाभिमान विपरित कुरा छ । नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ । सत्ता टिकाउने, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कुराहरु भएको छ । जसको निन्दा र भत्र्सना गर्नुपर्दछ ।’