बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कैलालीमा सोमबारदेखि वेपत्ता भएकी एक किशोरी मृत फेला

कैलालीमा सोमबारदेखि वेपत्ता भएकी एक किशोरी मृत फेला

 

कैलाली । कैलालीमा सोमबारदेखि वेपत्ता भएकी एक किशोरी मृत फेला परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरकी एक किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

उनि गत सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १६ वर्षीया आस्था शर्मा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत ति किशोरी मोहना नदी किनारमा शव फेला परेको हो । उनि सोमबार ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् ।

उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको छ । उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ।

उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend