बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गठबन्धनलाई बचाएर लैजान आवश्यक छ, गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छः प्रधानमन्त्री देउवा

गठबन्धनलाई बचाएर लैजान आवश्यक छ, गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छः प्रधानमन्त्री देउवा

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

 

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो, प्रधानमन्त्री देउवाले भने। गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend