logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा

    गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा

    6.8K
    Shares
    गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा

    चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

    उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठिक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने प्रतिवद्धता जनाए । प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरु बलियो बन्ने बताउनु भयो । उहाँे गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।

    उनले भने, ‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ, पार्टी बलियो हुनु नै महत्वपूर्ण छ । आज यहीँका मान्छेहरु मन्त्री छन् । भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुनसक्छन् । अहिले गठबन्धन आवश्यक छ, गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ । गठबन्धन कुनैपनि हालतमा टुट्न दिन्न । गठबन्धन ठिक छैन भन्नेकुरा षड्यन्त्रकारी कुरा हो । पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो । गठबन्धन रहेपो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन । गठबन्धनबाट जतिसक्दो बढीभन्दा बढी फाइदा लिनुपर्छ ।’

    शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend