बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन, गठबन्धनको षड्यन्त्र चिर्दै एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल

गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन, गठबन्धनको षड्यन्त्र चिर्दै एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको षड्यन्त्र चिर्दै एमालेले बहुमत ल्याउने बताएका छन् । अहिलेको तथ्यले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले बहुमत ल्याउने देखिएको उनको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नभएको बताए । उनले गठबन्धन एमालेको विरोध गर्न मात्र भएको भन्दै यसको कुनै सिद्धान्त र गन्तव्य नभएको बताए ।

नेता पोखरेलले अहिले आवश्यकताअनुसार केही स्थानमा केही दलहरूसँग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर एमाले अघि नबढ्ने स्पष्ट पारे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend