रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् । नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।
आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् ।