काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिनका लागि सिंहदरबार पुगेका छन् । महाअभियोग सिफारिस समितिले गत फागुन १ गते दर्ता भएको महाभियोग प्रस्तावबारे भदौ १५ गतेदेखि राणासँग बयान लिइरहेको छ। राणा पुगेसँगै आइतबारको बयान सुरु भएको छ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।