बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

 

सप्तरी । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend