काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयलगायत विभिन्न प्रशासन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गरिएको छ। त्रिवि मातहतका आर्थिक प्रशासन, सामान्य प्रशासन, केन्द्रीय पुस्तकालयलगायतका विभिन्न १३ वटा कार्यालयले तालाबन्दी खोल्न आग्रह गरेका हुन्।
दशैँ तिहार जस्तो महान चाडबाड नजिकिँदै गर्दा कर्मचारीहरुले तलब नपाएको भन्दै विज्ञप्तिमार्फत ताला खोल्न आग्रह गरिएको छ।
सेवा निवृत्त शिक्षक, कर्मचारीहरुको पेन्सन नपाएको,विद्यार्थी लगायतका सेवाग्राहीहरुको सेवामा अवरोध पुगेका कारण तालाबन्दी खुलाउन विज्ञप्तिमा भनिएको छ।