काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । आज (मंगलबार) भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो ।
राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।
आज (मंगलबार)को समितिको बैठकमा सडक जामको कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् ।