काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । सत्ता गठबन्धन दल आगामी निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँटको चाँजो मिलाउन कसरत गरिरहेका छन् । कार्यदलमा महिना दिनसम्म छलफल गर्दा समेत त्यसबारे सहमति नबनेपछि ११ दिनदेखि शीर्ष नेताहरू निरन्तर छलफलमा छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार पनि दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । तर‚ चार बजे भने प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच बालुवाटारमा भेटवार्ताका लागि समय तय भइसकेको छ ।