सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पहिरोका कारण विभिन्न सडक अवरुद्ध

पहिरोका कारण विभिन्न सडक अवरुद्ध

 

काठमाडौं । पहिरोका कारण पाँचथर, लमजुङ र म्याग्दीका विभिन्न सडक अवरुद्ध भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–२ काबेलीस्थित मेची राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर–मनाङ जाने वैकल्पिक बाटोमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेस्थित बेनी जोमसोम सडकमा सोमबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेस्थित बेनी–जोमसोम सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend