logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

    प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

    7.4K
    Shares
    प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ ।
    ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले थप जानकारी दिएको छ ।
    सङ्कट सुरु भएपछि दुई नेताले फोनवार्ता भने गरेका थिए । सेप्टेम्बर १४ बाट उज्वेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

    रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने सम्भावना छ ।उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका छन् ।
    कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्दैछ । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend