काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।
पाण्डेका अनुसार कांग्रेस संसदीय समितिको बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।