logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • बालबालिका सचेत हुनुपर्छः मन्त्री रेग्मी

    बालबालिका सचेत हुनुपर्छः मन्त्री रेग्मी

    7.1K
    Shares
    बालबालिका सचेत हुनुपर्छः मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन् । अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी छन् ।

    भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उनले बताइन् ।

    “मोबाइल चलाउँदा राम्रा र नराम्रा कुरा छुट्टयाएर हेर्न मेरो सुझाव छ, असल शिक्षा पाइने कुरा मात्रै हेर्नुपर्छ”, मन्त्री रेग्मीले भनिन् । बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कंदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको उनको भनाइ छ । अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पारिन् । उनले भनिन्, “उमेर २० वर्षबाट कम गर्ने होइन पढाइ सकाएर मात्रै विवाह गर्न अझै बढाउँदा राम्रो हुनसक्छ ।”

    मन्त्रालयका सचिव डिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरुको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । बालबालिकालाई सक्षम र योग्य नागरिकका रुपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ, सहयोग र समन्वय गर्नुपर्नेमा उनको जोड छ । –रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend