logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठकले तीन वटा विधेयक पारित

    राष्ट्रिय सभा बैठकले तीन वटा विधेयक पारित

    6.6K
    Shares
    राष्ट्रिय सभा बैठकले तीन वटा विधेयक पारित

     

    काठमाडौं । राष्ट्रिय सभा बैठकले तीन वटा विधेयकहरु पारित गरेको छ । बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो ।

    पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरु पारित भएको घोषणा गरे । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राख्नुभएको छ भने डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

    शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गएपनि भेट नदिएको भन्दै गुनासो गरे । उनले सांसदहरुलाई बाहिर कुराएर भेट नदिनु राम्रो नभएको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

    उनले भने – ‘भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा सांसदहरु जनताको समस्या लिएर गएका हुन्छन् । घण्टौँ सम्म उहाँहरुले बाहिर कुराउनुहुन्छ, भेट दिनुहुन्न । भित्र विभिन्न किसिमका मान्छेहरुको आवत–जावत हुन्छ । यसरी सांसदहरुलाई जनताको समस्या लिएर गएका सांसदहरुलाई योखालको व्यवहार हुनु राम्रो हुन्न । म सबै मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधिहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले गरेको पहल जानकारी गराउन पनि माग गरिन् ।

    उनले भनिन् – ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ । डेंगुलाई निराकरण गर्नका लागि खालि पानी जम्न नदिने भनेर मात्रै पुग्दैन । त्यसलाई किटनाशक औषधीहरु छरेर रोग निराकरणका लागि पहल होस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु । मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि के पहल भयो यो सदनमार्फत जानकारी हुनुपर्छ ।’

    राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताइन् । उनले डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend