logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठक: कुन सांसदले के भने ?

    राष्ट्रिय सभा बैठक: कुन सांसदले के भने ?

    6.7K
    Shares
    राष्ट्रिय सभा बैठक: कुन सांसदले के भने ?

     

    काठमाडाै‌ । राष्ट्रिय सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो ।

    पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयक पारित भएको घोषणा गरे ।

    राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राखेका छन् भने डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गए पनि भेट नदिएको भन्दै गुनासो गरे ।

    राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि कीटनाशक औषधि छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यहाँले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले गरेको पहल जानकारी गराउन पनि माग गरे ।

    राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताए । डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताए ।

    राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले ठगी केसमा संलग्न मानिसलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको समाचार आएको उल्लेख गर्दै उनलाई निलम्बन गरी छानबिन गर्न माग गरे ।

    राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले भाद्र २४ गतेको वर्षाका कारण दार्चुलाको महाकाली नदीमा आएको बाढीमा पाँच जनाको निधन र दश जना बेपत्ता भएको जानकारी दिँदै बाढी पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति दिलाउन माग गरिन् ।

    राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बुटवलमा भारतीय सीमाबाट बाबाजीको भेषमा मानिसहरु आएर बच्चा अपहरण गरेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले स्वास्थ्य बिमा गराए पनि सरकारी अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै यसको व्यवस्थापन गर्न माग गरिन् ।
    राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले बाढीपहिरो, डेंगु र कोरोनाबाट सिर्जित समस्या समाधानका लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।

    राष्ट्रिय सभाको आगामी बैठक भदौ ३१ गते शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend