logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजको मौसमः बर्षा मध्य र पश्चिम नेपालमा केन्द्रित, यी क्षेत्रमा पनि भारी बर्षाको सम्भावना

    आजको मौसमः बर्षा मध्य र पश्चिम नेपालमा केन्द्रित, यी क्षेत्रमा पनि भारी बर्षाको सम्भावना

    6.5K
    Shares
    आजको मौसमः बर्षा मध्य र पश्चिम नेपालमा केन्द्रित, यी क्षेत्रमा पनि भारी बर्षाको सम्भावना

    काठमाडौं। आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

    राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    शनिबार लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend