logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि बाँकेका २३ वटा विद्यालय छनोट

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि बाँकेका २३ वटा विद्यालय छनोट

    6.6K
    Shares

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

    छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय चन्नहवा, जनज्योती आधारभुत विद्यालय झण्डहवा र राम माध्यामिक विद्यालय हवल्दारपुर छनौट भएका छन भने बैजनाथको सुर्योदय माध्यामिक विद्यालयमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।

    त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन ।

    त्यसैगरी दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकरनगरकोटीया छनौटमा परेका छन ।

    छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनकालागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन ।  कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाकालागी छनौट भएका छन ।

    छनौट भएका विद्यालयहरुमा (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणकालागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणकालागि बजेट विनियोजन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend