सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

भन्सार छलेर, तस्करी गरेर ल्याएका मोबाइल रोक्न एमडिएमएसको व्यवस्था गरेका हौं : अध्यक्ष खनाल

भन्सार छलेर, तस्करी गरेर ल्याएका मोबाइल रोक्न एमडिएमएसको व्यवस्था गरेका हौं : अध्यक्ष खनाल

काठमाडौं । भदौ ३१ गतेदेखि नेपाल भित्रिने मोबाइलमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) लागु भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा अवैध रुपमा भित्रिने मोबाइल रोक्न यस्तो व्यवस्था लागु गरेको हो ।

सुनौलो नेपालसंगको कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइलमा हुने कालोबजारी रोक्न यस्तो व्यवस्था गरिएको बताए । चोरी पैठारी गरेर, भन्सार नतिरी ल्याउने मोबाइल जुन दर्ता भएका हुदैनन् त्यस्ता मोबाइल अवैध हुन् अब नेपालमा चल्दैनन् ।

‘नियमअनुसार भित्रिएका मोबाइल भन्सार तिरेर भित्रिएका हुन्छन् । मोबाइल किन्दा नै आइएमइआइ दर्ता हुन्छ । आइएमइआइ नम्वर लिदाँ नै मोबाइल दर्ता भएको हुन्छ । त्यो वैध हुन्छ तिनमा समस्या हुँदैन तर व्यापारीहरुले अबैध ढंगले दर्जनौं मोबाइल एकैपटक भन्सार छली ल्याउने गरेका छन् त्यस्ता मोबाइल अवैध हुन् । ति मोबाइल कहिं कतै दर्ता भएका हुदैनन् न कुनै कागजात हुन्छ। यस्ता मोबाइल अब नेपालमा चल्दैनन् ।’ अध्यक्ष खनालले भने ।

अध्यक्ष खनालले नेपालमा करिव ५० प्रतिशत अर्थात १५ अर्ब रुपैयाँ बराबरका मोबाइल हरेक बर्ष अवैध रुपमा नेपाल भित्रिएको भन्दै प्राधिकरणले तिनलाई रोक्न खोजेको बताए । तर कतिपयले विदेशबाट ब्याक्तिगत रुपमा ल्याउने मोबाइल पनि नचल्ने भनेर भ्रम फैलाए। कसैले विदेशबाट त्यसरी मोबाइल ल्याएको दर्ता गरेर चल्छन अनलाइनबाट नै दर्ता गर्न मिल्छ ।

प्राधिकरणले भाद्र ३० गतेसम्म जुनसुकै तरिकाले नेपाल भित्रिएका सबै फोनहरूलाई भने ‘ह्वाइट लिस्ट’ मा राखिसकेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई दर्ता गरिराख्नु पर्दैन। दर्ता भएकोबारे प्राधिकरणले मोबाइलमा सूचना पनि पठाइरहेको छ।

यस्तै विदेशमा प्रयोग गरिरहेका मोबाइल नेपाल फर्किँदा सँगै ल्याउन पाइन्छ तर ती फोनको आइएमइआई नम्बर प्राधिकरणमा अनलाइनमार्फत दर्ता गर्नुपर्ने छ । उपहारका रूपमा वा कसैले ल्याइदिएका फोनलाई पनि वेबसाइटमार्फत दर्ता गर्न सकिने अध्यक्ष खनालले बताए ।

हेर्नुहोस् थप कुराकानी भिडिओ सहित 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend