
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्लाई युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन् । बालेन–हर्कहरु विद्रोहको झिल्को भएको बताउँदै उनले यसलाई सम्बोधन नगरे आउँदो निर्वाचनमा आफुहरु सहरी क्षेत्रमा बढारिने बताए ।
आज (शनिबार) प्रतिनिधि सभाको अन्तिम दिन बिदाइ बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
‘युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ। बालेन–हर्कहरु झिल्को मात्र हो। तर, यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा हामी बढारिन्छौं,’ आफू युवाका माझ रहेको भन्दै भट्टराइले भने, ‘मलाई त आत्मविश्वास छैन। म सकेसम्म नवीकरण गर्न प्रयास गरिरहेको छु तर मलाई विश्वास छैन। युवा पुस्तालाई सम्बोधन गर्नुपर्छ।’
अध्यक्ष भट्टराईले बितेको ५ वर्षमा राजनीतिक दलहरू पास हुन नसकेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी राजनीतिक दलहरूले कति पुरा गर्न सके समीक्षा गर्ने बेला भएको बताए ।
उनले भने-हामीलाई जनताले कसरी हेरिरहेका छन्, हामीले त्यसमा विचार गर्न आवश्यक छ । राजनीतिक विकृतिहरूका समाचारमा आफैलाई हेर्न जरुरी छ । यही संसदबाट निर्वाचित भएको सरकारले यही संसद्लाई दुई पटक विघटन गर्न पुग्यो । धन्न हामीले जोगाउन सफल भयौँ ।ु
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend