logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तालाबन्दीले समस्याको समाधान हुँदैनः शिक्षामन्त्री पौडेल

    तालाबन्दीले समस्याको समाधान हुँदैनः शिक्षामन्त्री पौडेल

    6.7K
    Shares
    तालाबन्दीले समस्याको समाधान हुँदैनः शिक्षामन्त्री पौडेल

     

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोह २०७९ को अवसरमा आज क्याम्पस परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

    दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)का सचिवसमेत रहेका पौडेलले भने, “नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् ।” तालाबन्दीले विश्वविद्यालयको विकास नहुने भन्दै उनले भने, “कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँं । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।” सहमतिबाटै देशका ठूला–ठूला काम भएका बताउँदै मन्त्री पौडेलले सधैँका लागि तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई आग्रह गरे । पवित्र स्थानलाई तालाबन्दी गरेमा राम्रो नहुने समेत उनले तर्क गरे । विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरुको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उनले जोड दिए ।

    मन्त्री पौडेलले महिलाहरूको मुलतः अध्ययनरअध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेकोे पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास व्यक्त गरे । “चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय छ, भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय छ ।” उनले भने, “नेपालमा झण्डै २० लाख बराबर एउटा विश्वविद्यालय छ र पनि कतिपयले नेपालमा विश्वविद्यालय धेरै भए कि भनेर आलोचना पनि गर्छन् ।” उनले विश्वविद्यालय बढी नभएको समेत स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend