logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • पदयात्रामार्फत एमालेले दिएका चार सन्देश

    पदयात्रामार्फत एमालेले दिएका चार सन्देश

    6.8K
    Shares
    पदयात्रामार्फत एमालेले दिएका चार सन्देश

    काठमाडौं । संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।

    उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चार सन्देश दिन खोजेको छ।

    पदयात्रामार्फत एमालेले संविधान दिवस जनताको हुनुपर्ने, राष्ट्रियताका पक्षमा एकताबद्ध भएर उभिनुपर्ने, संविधानको रक्षा तथा कार्यान्वयन र फेरि एमाले नेतृत्वको सरकार गरी चार सन्देश दिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend