
काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख श्री सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त डेन्टल क्लिनिक बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले गुर्जुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।
उतm सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयर प्रा. लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend