logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्छः वरिष्ठ अधिवक्ता बिडारी

    जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्छः वरिष्ठ अधिवक्ता बिडारी

    7.9K
    Shares
    जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्छः वरिष्ठ अधिवक्ता बिडारी

     

    काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् । आईतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् ।

    उनले संसद जीवित रहेको पनि बताए । उनले संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । उनले भने– ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसदले हेर्छ । आवश्यक प¥यो भने अहिले पनि संसद भंग भएको छैन । विघटन भएको छैन । यो संसद अहिलेपनि अधिवेशन अन्त्य भएको हो । त्यसकारणले यति कुरा पनि नबुझेको जस्तोगरी मान्छेले भुत्भुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरी बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यसकारणले त्यो गर्नुपनि परेन । अब अधिवेशन बस्दैन ।

    अब आउने निर्वाचनबाट नयाँ आएको संसदले अब हेर्छ ।’
    वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे । उनले भने– ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । र बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’

    उनले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend