logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • थारु समुदायमा आज जितिया पर्व मनाइँदै

    थारु समुदायमा आज जितिया पर्व मनाइँदै

    6.8K
    Shares
    थारु समुदायमा आज जितिया पर्व मनाइँदै

    काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

    जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले मनाउने तिज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ । व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रही आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend