काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोलीले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् ।
१२ वर्षअघि सुरू यो प्रतियोगितामा नेपालले पाँचौपटक र बंगलादेशले दोस्रो पटक फाइनल खेल्न लागेका हुन् । अघिल्ला सबै पाँच सस्करण जितेको भारत यसपटक सेमिफाइनलबाटै बाहिरिएकाले साफ महिला च्याम्पियनसिपले यसपटक नयाँ विजेता पाउने छ ।
नेपालले भारतमाथि १–० गोलको जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । त्यसअघि समूहगत चरणको अन्तिम खेलमा बंगलादेशले पनि भारतलाई ३–० गोलले हराएको थियो ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार आज साँझ ५:३० बजे सुरु हुनेछ ।