सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

 

बर्दिया । बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

यसैगरी बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्‌को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend