logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गर्योः मुख्यमन्त्री शाही

    संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गर्योः मुख्यमन्त्री शाही

    5.7K
    Shares
    संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गर्योः मुख्यमन्त्री शाही

    काठमाडौं । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गदै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका छन् ।

    मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा नीहित छ जनता राज्य शक्तिको स्रोत भएका छन् ।”

    सङ्घीय सरकारले आवश्यक कानुन नबनाउँदा संविधानले दिएका कतिपय अधिकार प्रदेश तथा स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै उनले तीन तहका सरकारलाई शक्ति र स्रोत बाँडफाँट गरी सङ्घीय प्रणालीलाई संस्थागत गर्न आवश्यक भएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend