बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

संविधानलाई संशोधन गर्दै पूर्णता दिनुपर्छः बाबुराम भट्टराई

संविधानलाई संशोधन गर्दै पूर्णता दिनुपर्छः बाबुराम भट्टराई

 

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधानलाई संशोधन गर्दै पूर्णता दिनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै उनले संविधानको सकारात्मक उपलब्धि रक्षा गर्दै यसका अपूर्णतालाई पूर्णता दिन संविधान संशोधन गरिनुपर्ने बताएका छन्।

‘विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदसहितको शासकीय स्वरूप जस्ता महत्वपूर्ण कुराहरूलाई संविधान संशोधनमार्फत पूर्णता दिनुपर्ने भट्टराई बताउँछन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend