
काठमाडौं । गरिमा विकास बैंकले आज संविधान दिवसको अवसर पारेर आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत बैंकले नेपालभर करिब ५०,००० आफ्ना ग्राहकलाई बैंकले विभिन्न बैकिङ्ग सेवा प्रदान गरेको छ ।
आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको हो । । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकलाई सेवाग्राहीको घरमै पुगेर बैंक खाता खोलिएको छ ।
हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको बैंकले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend