काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको हो ।
कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
उनले भने, ‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ’ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए ।