बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहान्छौंः ईश्वर पोखरेल

युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहान्छौंः ईश्वर पोखरेल

 

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् । काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् । उनीहरु नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend