शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

प्रभु बैंक लिमिटेड र अत्तरीया हस्पिटल प्रा.लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र अत्तरीया हस्पिटल प्रा.लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

 

काठमाडौं । प्रभु बैंक लिमिटेड र कैंलाली स्थित अत्तरीया हस्पिटल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख श्री रवि कान्त जोशी र अत्तरीया हस्पिटल प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री आनन्द पाठकद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले अत्तरीया हस्पिटल प्रा. लि.द्धारा सञ्चालित (एक्स–रे, इ.सी.जी, इको, इन्डोस्कोपी, ओ.पी.डी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन्.आइ.सी.यु, आइ.सी.यु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत अत्तरीया हस्पिटल प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अत्तरीया हस्पिटल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend