बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बागमती प्रदेशमा डेंगुबाट ११ जनाको मृत्यु, सबैभन्दा धेरै संक्रमित ललितपुरमा

बागमती प्रदेशमा डेंगुबाट ११ जनाको मृत्यु, सबैभन्दा धेरै संक्रमित ललितपुरमा

हेटौंडा । डेंगू सङ्क्रमणबाट बागमती प्रदेशमा मात्रै ११ जनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।

यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेका छन् । सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend